sevenstartv.com १६ असार २०८३, मङ्गलवार

'श्रम आयोगबारे नीति तथा कार्यक्रमले केही बोलेन'

२८ वैशाख २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसकी सांसद् रमा कोइरालाले श्रम आयोगबारे सरकारको नीति तथा कार्यक्रमले केही नबोलेको बताएकी छन् । 

आइतबारप्रतिनिधिसभाको बैठकमा उनले श्रमको समस्या समाधानको लागि त्रीपक्षीय श्रम आयोगको आवश्यक रहे पनि नीति तथा कार्यक्तममा नसमेटिएको बताएकी हुन् । त्रिपक्षीय श्रम आयोगमा श्रमिक, रोजगारदाता र सरकार सहभागी हुने भएकाले समस्या समाधानका लागि उपयुक्त हुने सांसद् कोइरालाले बताइन् ।

उनले २०६२/०६३ मा नेताहरूले श्रम आयोग बनाउने प्रतिवद्धता जनाएका भए पनि अहिले त्यसपछिका नीति तथा कार्यक्रम र बजेटहरूमा कैची लाग्दै आएको भन्दै उनले अबको बजेटमा समेट्न माग गरिन् ।