भ्रष्टाचार देशको साझा रोग हो : सांसद् गैरे
काठमाडौं । नेकपा एमालेका सांसद् ठाकुर गैरेले भ्रष्टाचार र कमिसनको समस्या कुनै एक व्यक्ति वा दलको मात्र नभई सम्पूर्ण देशको साझा रोग भएको बताएका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा गैरेले भ्रष्टाचारको समस्या आरोप–प्रत्यारोप गरेर मात्र समाधान नहुने स्पष्ट पारेका हुन् । उनले भ्रष्टाचारमा संलग्न जुनसुकै दल र ओहोदाको व्यक्ति भएपनि उन्मुक्ति पाउन नहुने सांसद गैरेको भनाइ छ ।
उनले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम सकारात्मक रहेको समेत बताए । उनले शिक्षा, निजामति, प्रहरीसम्बन्धी विधेयकहरू यही अधिवेशनबाट पारित गर्ने सरकारको प्रतिबद्धता स्वागतयोग्य रहेको बताएका छन् ।








