sevenstartv.com १६ असार २०८३, मङ्गलवार

राजावादीले आन्दोलनको घोषणा गर्दै

२५ वैशाख २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । नवराज सुवेदी नेतृत्वको राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले बिहीबार आन्दोलनको घोषणा गर्दैछ ।

काठमाडौंको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा दिउँसो १ बजे हुने घोषणासभामा  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राष्ट्रिय शक्ति नेपालका केशरबहादुर बिष्ट, नेपाली कांग्रेस (वीपी)का सुशीलमान शेरचन, शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत लगायत हिन्दूवादीलगायत ५० बढी संघसंस्थाको सहभागिता रहने जनाइएको छ । 

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा गरेको प्रदर्शनका क्रममा पक्राउ परेकाहरुको रिहाइको माग गर्दै आएका छन् ।