sevenstartv.com ५ पुष २०८२, शनिवार

इरानसँग नेपाल पराजित

२० साउन २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । काभा महिला नेसन्स लिगमा नेपालले पहिलो हार व्यहोरेको छ । इरानले नेपाललाई तीन दुईको नतिजामा हराउँदै महत्वपूर्ण जित हात पारेको हो । लिग चरणको अन्तिम खेलमा घरेलु टोली नेपाललाई हराउँदै इरानले सात अंक बनाएको छ ।

नेपालले इरान बिरूद्ध शुरूवात राम्रो गर्न सकेन । तालमेल नै मिलाउन नसक्दा नेपाल कमजोर बन्यो । नेपाललले पहिलो सेट १६-२५ ले गुमायो । तर दोस्रो सेटमा नेपालले सानदार शुरूवात गर्दै ७-० को अग्रता बनायो । यही अग्रतालाई निरन्तरता दिँदै दोस्रो सेट २५-१६ ले जित्दै खेललाई एक-एकको बराबरीमा पुर्‍यायो । तेस्रो सेटको शुरूवातमा नेपालले ७-२ को अग्रता बनाएपनि यो अग्रतालाई निरन्तरता दिन सकेन ।

 इरानले ९-९ को बराबरीमा पुर्‍याएपछि यो सेट प्रतिष्पर्धात्मक बन्यो । जहाँ इरानले तेस्रो सेट २५-२३ ले जित्यो र खेलमा दुई एकको अग्रता बनायो । चौथो सेटमा नेपाल सम्हाल्ने प्रयासमा थियो । ११-८ को अग्रता लिएपछि नेपालले यो अग्रतालाई बढाउँदै लग्यो । सहजै चौथो सेट नेपालले २५-१५ ले आफ्नो पक्षमा पार्दा खेल दुई दुईको बराबरीमा पुग्यो ।

खेलको निर्णय पाँचौ सेटबाट भयो । पाँचौ सेटमा इरान नेपाललाई दबाबमा राख्न सफल भयो । इरानले पाँचौ सेट १५-१३ ले जित्दै नेपाललाई हराउन सफल भयो । इरानले सात खेलबाट ७ अंक बनाउँदा नेपालले तीन खेलबाट ६ अंक बनाएको छ । भारतसँग ७, श्रीलंकासँग ४ र माल्दिभ्स अंक बिहिन छ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्