sevenstartv.com २५ मंसिर २०८२, बिहिवार

उदयपुरमा ट्र्याक्टरले ठक्कर दिँदा एक जनाकाे मृत्यु, एक घाइते

२३ वैशाख २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । उदयपुरमा ट्र्याक्टरले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । एक युवक घाइते भएका छन् । 

हलेसी तुवाचुङबाट बेहुली लिएर सुनसरीतर्फ फर्कदै गरेको ना३त ८१० नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा  माखोटाङको हलेसी तुवाचुङ नगरपालिका-४ बस्ने ४० वर्षीया गीता परियारको मृत्यु भएको हो ।  

सुनसरीको इटहरी महानगरपालिका-२० का २३ वर्षीय योजन राई घाइते भएका छन् । ट्याक्टर चालक ३० वर्षीय विजय विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घाइते राईको धरानस्थित बीपी कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको छ। 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्