sevenstartv.com १ पुष २०८२, मङ्गलवार

गुजरात टाइटन्ससँग सनराइजर्स हैदराबाद पराजित

२० वैशाख २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । आईपीएलअन्तर्गत गुजरात टाइटन्ससँग सनराइजर्स हैदराबाद पराजित भएको छ ।

नरेन्द्र मोदी रंगशालामा शुक्रबार भएको खेलमा गुजरातसँग हैदराबाद ३८ रनले पराजित भएको हो । यससँगै गुजरातले सिजनमा आफ्नो सातौँ जित दर्ता गर्दै प्लेअफको सम्भावना बलियो बनाएको छ।  हैदराबादले १० मध्ये ७ खेल हारेको छ ।

हैदराबादको बलिङमो गुजरात टाइटन्सले २० ओभरमा ६ विकेट गुमाएर २२४ रन बनायो । जवाफमा हैदराबादले २० ओभरमा ६ विकेट गुमाएर १८६ रन मात्र बनायो ।

गुजरातका कप्तान शुभमन गिलले ७६ रन बनाए। जोस बटलर ६४ रन बनाएर आउट भए। साई सुदर्शनले ४८ रनको इनिङ्स खेले । जयदेव उनाडकटले ३ विकेट लिए। हैदराबादका लागि अभिषेक शर्माले ७४ रन, हेनरिक क्लासेनले २३ रन बनाए। मोहम्मद सिराज र प्रसिद्ध कृष्णले दुई/दुई विकेट लिए ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्