sevenstartv.com २५ मंसिर २०८२, बिहिवार

झापामा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

१८ वैशाख २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । झापामा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

बुधबार साँझ साढे ५ बजे पूर्व-पश्चिम राजमार्गअन्तर्गत बिर्तामोडबाट चारआलितर्फ गइरहेको ट्रकले सोही दिशातर्फ जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा झापा अर्जुनधारा नगरपालिका-१० बस्ने ६८ वर्षीय टङ्कप्रसाद बरालको मृत्यु भएको हो । 

बराललाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाइएको छ । ठक्कर दिने ट्रक चालक पाँचथर जिल्ला फिदिम नगरपालिका-११ बस्ने ठालुप्रसाद एक्तेनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्