sevenstartv.com ६ पुष २०८२, आइतवार

चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत

१७ वैशाख २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ मा नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने प्रारम्भिक अनुमान गरिएको छ । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक वर्ष ०८१÷८२ को राष्ट्रिय लेखा अनुमान सार्वजनिक हो ।

कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा अर्थतन्त्रको आकार ५७  खर्ब ९ अर्ब रहेको संशोधित अनुमान तथा आर्थिक वर्ष २०७९/८० मा अर्थतन्त्रको आकार ५३ खर्ब ६७ अर्ब रहेको विवरण समेत सार्वजनिक गरेको छ । यस्तै चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ४ दशमलव ६१ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । चालु आर्थिक वर्षमा कृषि क्षेत्रको ३ दशमलव २८ प्रतिशत र गैर कृषि क्षेत्रको ४ दशमलव २८ प्रतिशत वृद्धिदर हुने प्रारम्भिक अनुमान गरिएको छ ।

 
चालु आर्थिक वर्षमा प्राथमिक, द्वितीय तथा सेवा क्षेत्रको वृद्धिदर क्रमशः ३  दशमलव २५ प्रतिशत, ४ दशमलव ६५ प्रतिशत र ४ दशमलव २१ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ भने प्राथमिक, द्वितीय तथा सेवा क्षेत्रले कुल गार्हस्थ्य उत्पादनमा क्रमशः २५ दशमलव ६ प्रतिशत, १२ दशमलव ४ प्रतिशत र ६२ दशमलव ० प्रतिशत योगदान पु¥याउने प्रारम्भिक अनुमान गरिएको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्