पाल्पामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु, दुई घाइते
काठमाडौं । पाल्पाको रैनादेवी छहरा गाउँपालिका-१ सिद्धेश्वरमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् । रैनादेवी छहरा गाउँपालिका-१ का ३१ वर्षीय चेतनारायण विक, ३६ वर्षीय दीपेन्द्र बुढा र २२ वर्षीय जनक रेगामी मगरको मृत्यु भएको हो ।
जिल्लाको असारे भन्ने स्थानबाट ठूलोपोखरीतर्फ जाँदै गरेको लु ३ च २३७७ नम्बरको जीप आइतबार राति १० बजे अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको थियो ।
प्रहरीका अनुसार जीपमा पाँचजना सवार थिए । चालक २७ वर्षीय रञ्जन रेश्मी मगरको अवस्था गम्भीर छ । २२ वर्षीय सरोज बुढा पनि घाइते छन् । लुम्बिनी अस्पताल र मिसन अस्पताल पाल्पामा उनीहरूको उपचार भइरहेको छ ।

.gif)