sevenstartv.com १८ असार २०८३, बिहिवार

नेपालमै निर्णय गर्नसक्ने सामथ्र्यको आवश्यक रहेको महासचिव चन्दको भनाई

सरकारको बारेमा थाइल्याण्डमा कुरा हुनु लज्जास्पद भएको टिप्पणी

१४ वैशाख २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेपालको राजनीतिक आन्दोलनमा नेपालमै निर्णय गर्नसक्ने सामथ्र्यको आवश्यकता रहेको बताएका छन् । 

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले शासक बन्न चाहने मनोवृत्ति सबैमा रहेपनि नागरिकलाई कसरी सुख र शान्ति दिने भन्नेकुराको योजना नरहेको बताएका हुन् । उनले अहिले पनि थाइल्याण्डमा सरकारको बारेमा कुरा हुनु लज्जास्पद भएको बताए । 

उनले अस्थिरता छ भन्ने सबैलाई लागेको तर स्थरताको आधार तयार पार्न राष्ट्रिय सहमति नै बन्न नसकेको बताएका छन् । उनले नेपालमै निर्णय गर्नसक्ने र नेपालको व्यवस्थाको बारेमा निर्णय लिनसक्ने सामथ्र्य नेपालको राजनीतिक आन्दोलनमा जरुरी रहेको बताए । 

नेपाली समाज अन्तरघुलित समाज भएको भन्दै नेपालमा केन्द्रिकृत राष्ट्रियता निर्माण गर्न जरुरी रहेको बताए । उनले बहुदलमा पनि विदेशीकै नक्कल, संविधान लेख्न पनि विदेशीकै नक्कल गरिएको बताएका छन् । 

यो पनि पढ्नुहोस्