संविधान विपरीत समवेदना सन्देश निकाल्नेलाई कारबाही गर्न माग
काठमाडौं । नेकपा एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा.फणीन्द्रराज पाठकले संविधान विपरीत समवेदना वक्तव्य निकालेको भन्दै कारबाही गर्न माग गरेको छ ।
आइतबारको प्रतिनिधिसभा बैठकमा एमाले सांसद् ठाकुर गैह्रेले नेपालको संविधानमा श्री ५ महाराजाधिराज भन्ने शब्द कहाँ छ भन्ने प्रश्न गरेका हुन् । उनले कानुनी राज्य र संविधानको उपहास गर्ने संवाद सचिव डा।पाठक र पूर्वराजा शाहलाई कानुन अनुसार तत्काल कारबाही गर्न माग गरे ।
‘संवाद सचिव डा।फणीन्द्रराज पाठकका नाममा जारी भएको समवेदना सन्देश संविधान विपरीत आएको छ । नेपालको संविधानमा श्री ५ महाराजाधिराज भन्ने शब्द कहाँ छ,’ गैह्रेले भने, ‘कानुनी राज्यको उपहास गर्न पाइन्छ कि पाइँदैन । नपाइने भए संवाद सचिव डा।पाठक र पूर्वराजा ज्ञानेन्द्र शाहलाई तत्काल कारबाही गरियोस् ।’





