sevenstartv.com १ पुष २०८२, मङ्गलवार

धनगढीलाई हराउँदै पोखरा एनएसएलको फाइनलमा

११ वैशाख २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । दस खेलाडीमा सीमित पोखरा थन्डर्स बुधबार धनगढी एफसीलाई क्वालिफायर टुमा १–० ले पराजित गर्दै तेस्रो नेपाल सुपर लिग ९एनएसएल० को फाइनलमा पुगेको छ । 

पोखरा थन्डर्सले शनिबार गत विजेता ललितपुर सिटी एफसीविरुद्ध उपाधि भिडन्त गर्ने छ ।  खेलको इन्जुरी समयमा क्यामरुनी स्ट्राइकर स्टेफन समीर विनोङले गरेको हेड गोलले बराबरीतर्फ अग्रसर खेलमा पोखरा थन्डर्सले नाटकीय जित हात पारेको हो । पोखरा थन्डर्स पहिलो पटक एनएसएलको फाइनलमा पुगेको हो । 

लिग चरणमा धनगढी र पोखराबिचको खेल गोलरहित बराबरीमा टुङ्गिएको थियो । दशरथ रङ्गशालामा इन्जुरी समयको चौथो मिनेटमा विनोङले गोल गरे।  पोखराका कप्तान आयुष घलानको कर्नर प्रहारमा विनोङले हेड गोल गरेका हुन् । यसअघि खेलको ८५ औँ मिनेटमा पोखराका गौरव श्रेष्ठले रातो कार्ड पाएपछि धनगढी फाइदामा पुगेको थियो ।  

 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्