sevenstartv.com ६ पुष २०८२, आइतवार

पाल्ही बहुमुखी सहकारी संस्थामा ८५ लाख बढी हिनामिना

९ वैशाख २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका-४ मा सञ्चालित पाल्ही बहुमुखी सहकारी संस्था लिमिटेडको ८५ लाख ८० हजार ७५५ रुपैयाँ सञ्चालक समितिले हिनामिना गरेको पाइएको छ । सहकारी सञ्चालक समितिका १५ जनाको मिलेमतोमा करिब ८६ लाख रुपैयाँ हिनामिना भएको हो ।

सहकारीको रकम हिनामिनासम्बन्धी कसूरमा मुद्दा नवलपरासी जिल्ला अदालतमा दर्ता भएपछि प्रतिवादी सुरेश चौधरी ९कुर्मी०, वीरेन्द्रकुमार यादव र रामसेवक चौधरी ९कुर्मी० ले जनही पाँच लाख धरौटी राखेर तारेखमा बसेका छन् ।

‘सहकारी संस्थाका सञ्चालक समितिका अध्यक्ष राजकिसोर गुप्ता (तेली), उपाध्यक्ष नाथु माली, सदस्य कमलादेवी कहार, सञ्जय कुर्मी, रवीन्द्र पासी, लेखा संयोजक सन्तराम यादव, जानकी देवी कुर्मी, इजहार धुनिया, प्रमोद यादव, सुग्रिम तिवारी, रामानन्द यादव र व्यवस्थापक मुनलाल यादव हाजिर भएका छ्रनन् ।  सहकारीको रकम हिनामिनासम्बन्धी कसूर मुद्दा दर्ता भएपछि मुद्दामा उल्लेख गरिएका १५ जनालाई जिल्ला अदालतले पक्राउ पुर्जीसहित ३५ दिनभित्र अदालतमा हाजिर हुन आउनु भनी पात्र पठाइएको छ ।

उक्त सहकारीको रकम हिनामिनासम्बन्धी कसूर मुद्दामा तीन जना हाजिर भएका छन् । सहकारी दर्ता रहेको राप्ती उपत्यका दाङ (देउखुरी) को पत्रबाट मुस्तफा शेखको जाहेरीले वादी नेपाल सरकार भएर जिल्ला अदालतमा सहकारीको रकम हिनामिनासम्बन्धी कसूर मुद्दा दर्ता भएको छ । सहकारीको रकम हिनामिनासम्बन्धी कसूर ठहर भएमा बिगो बराबरको जरिवाना र तीन वर्षसम्म कैद हुने सहकारी ऐन, २०७४ को दफा १२४ मा व्यवस्था रहेको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्