sevenstartv.com ३१ वैशाख २०८३, बिहिवार

शिक्षक आन्दोलन : माइतीघर-बानेश्वर सडक अस्तव्यस्त

८ वैशाख २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । शिक्षक आन्दोलन बिहान ९ बजेदेखि शुरु भएको छ ।

पर्याप्त पूर्वसूचनाको अभावबीच कार्यालय समयमै शिक्षकहरू सडकमा उत्रिएपछि ट्राफिक व्यवस्थापन जटिल बनेको छ । माइतीघर(नयाँ बानेश्वर सडक खण्ड बन्द भएको छ ।

वैकल्पिक रुटका रूपमा नयाँ बानेश्वरबाट थापागाउँ हुँदै हनुमानस्थानको रुट तय गरिएको जनाइएको छ । उक्त सडक अवरुद्ध हुँदा कार्यालय जाने कर्मचारीसहित स्कुल, कलेजका विद्यार्थीलाई आवतजावत गर्न कठिन भएको छ ।

दिउँसो राप्रपाले प्रदर्शन गर्ने सूचना पाएपछि अकस्मात आज पनि आन्दोलनको कार्यक्रम बिहानै गर्नुपरेको बताइएको छ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्