sevenstartv.com ६ पुष २०८२, आइतवार

६५ प्रतिशतले बढ्यो निर्यात

८ वैशाख २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को ९ महिनामा निर्यात ६५ प्रतिशतले बढेर करिब दुई खर्ब नजिक पुगेको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि चैत मसान्तसम्म निर्यात ६५.१६ प्रतिशतले बढेर एक खर्ब ८८ अर्ब १९ करोड ५० लाख पुगेको छ ।

सबैभन्दा धेरै हिस्सा प्रशोधित खाने तेलको छ । कुल निर्यातमा खाने तेलको हिस्सा ३८ प्रतिशत छ । विभागका अनुसार नौ महिनामा ७४ अर्ब २८ करोड रुपैयाँको भटमास, सनफ्लावर र पाम तेल निर्यात भएको छ । 

त्यस्तै १७ अर्ब ४६ करोड रुपैयाँको धागो, ११ अर्ब ९५ करोड रुपैयाँको फलाम तथा फलामजन्य वस्तु, १० अर्ब ७४ करोड रुपैयाँ बराबरको चिया कफी तथा अन्य मसला निर्यात भएका छन् । नौ अर्ब ३० करोड रुपैयाँको गलैँचा र ६ अर्ब २५ करोड १२ लाख ६१ हजार रुपैयाँको अलैँची निर्यात भएको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्