sevenstartv.com ५ पुष २०८२, शनिवार

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको विजयी सुरुवात

१ भदौ २०८१, शनिवार स्टार संवाददाता

काठमाडौ ।  इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले विजयी सुरुवात गरेको छ । गएराति देखि शुरु भएको नयाँ सिजनमा युनाइटेडले विजयी सुरुवात गर्‍यो । घरेलु मैदान ओल्ड ट्राफोर्डमा गएराति भएको खेलमा युनाइटेडले फुलहमलाई १–० गोलले हरायो । हालै युनाइटेडमा आबद्ध भएका नेदरल्यान्ड्सका फरवार्ड जोशुआ जिर्कजीले खेलको ८७ औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो ।

जितसँगै उसले तीन अङ्क जोडेको छ । प्रिमियर लिगमा युनाइटेड २० पटकको च्याम्पियन टोली हो ।गएको सिजन युनाइटेड आठौँ स्थानमा रहेको थियो । फुलहमले १३ औँ स्थानमा रहँदै लिगको अन्त्य गरेको थियो ।

अघिल्लो सिजन म्यानचेस्टर सिटीले उपाधि जितेको थियो । यसपटक प्रिमियर लिगमा बढुवा भएका लेस्टर सिटी, इपस्विप टाउन र साउथह्याम्पटनसहित २० टोली सहभागी छन् ।आज ६ वटा खेल हुँदैछन् । नयाँ सिजनको प्रिमियर लिग सन् २०२५ को मे २५ तारिखसम्म चल्नेछ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्