sevenstartv.com १७ असार २०८३, बुधवार

राप्रपाको प्रदर्शनबारे गृह मन्त्रालयको चेतावनी

७ वैशाख २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौँमा गर्न लागेको प्रदर्शनबारे गृह मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ।मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै राप्रपाले आइतबार निषेधित क्षेत्र तोड्ने भनी सार्वजनिक भएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । 

मन्त्रालयले संविधान र कानुनको ठाडो उल्लंघन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने स्पष्ट पर्दै यस्तो गतिविधिमा संलग्न हुने जो सुकैलाई कानुन बमोजिम कारबाही हुने चेतावनी दिएको छ ।