sevenstartv.com ३० वैशाख २०८२, मङ्गलवार

धवलशमशेर जबरालाई उपचारका लागि छाड्ने तयारी

५ वैशाख २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद् धवलशमशेर जबरालाई छाड्ने तयारी भएको छ ।

 गृह मन्त्रालय स्रोतले उनलाई उपचारका लागि छाड्ने तयारी भएको जानकारी दिएको हो । उपचार लगत्तै उनी पुनः कानुनी प्रक्रियामा ल्याइने तयारीसहित छाड्न लागिएको जनाइएको छ । 

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा राज्य विरुद्धको कसुर अन्तर्गत उनलाई प्रहरीले पक्राउ गरेको थियो । उनीसहित वरिष्ठ नेता रवीन्द्र मिश्रलाई पनि प्रहरीले पक्राउ गरेको थियो । मिश्र भने अहिले हिरासतमै छन् ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्