हेटौँडा सिमेन्ट उद्योग छ महिनापछि पुनः सञ्चालनमा
काठमाडौं । हेटौँडा सिमेन्ट उद्योग छ महिनापछि पुनः सञ्चालनमा आएको छ । उद्योगका यन्त्रको मर्मतसम्भार र कच्चा पदार्थको आपूर्ति भएपछि गत मंगलबारदेखि सिमेन्ट उत्पादन गर्न चुनढुङ्गा तयार पार्न थालिएको छ।
एक दुई दिनपछि सिमेन्ट उत्पादन थालिने छ । अब दैनिक रुपमा ६०० क्विन्टल सिमेन्ट उत्पादन गर्ने लक्ष्य छ । २०३३ सालमा जडान गरिएका मेसिन थोत्रा भएकाले नयाँ खरिद गर्नुपर्ने जनाइएको छ ।

.gif)