sevenstartv.com ३० वैशाख २०८२, मङ्गलवार

तीन संसदीय समितिको बैठक बस्दै

५ वैशाख २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । संघीय संसदअन्तर्गत तीन संसदीय समितिको बैठक आज  बस्ने भएको छ । कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा समितिको मस्यौदा वार्षिक प्रतिवेदन, २०८१/०८२ माथि छलफल गर्ने कार्यसूची छ । 

राज्यव्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे नै बस्ने छ । बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० का सम्बन्धमा गठित उपसमितिको प्रतिवेदनमा छलफल हुनेछ । 

विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बस्ने छ । बैठकमा संविधानअनुसार बन्न बाँकी कानूनको सम्बन्धमा कानून मन्त्रालयसँग छलफल हुने तय भएको छ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्