देशको विकासमा श्रोत व्यवस्थापनको विषय चुनौतिपूर्ण बन्दै गएको छ : अर्थमन्त्री पौडेल
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशको समग्र विकासमा श्रोत व्यवस्थापनको विषय चुनौतिपूर्ण बन्दै गएको बताएका छन् ।
मंगलबार काठमाडौंमा नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संस्थाको कार्यक्रममा बोल्दै उनले पछिल्लो दिनमा देशको समग्र विकासमा श्रोतको व्यवस्थापन चुनौतिपूर्ण विषय बन्दै गएको उल्लेख गरेका हुन् ।
उनले देश तथा विदेशका निजी क्षेत्रलाई नेपालमा लगानी गर्न, उत्पादनको वृद्धि गर्न, रोजगारीका अवसर सिर्जना गर्न, मुनाफा आर्जन गर्न, कर तिर्न, राम्रो करदाताका हैसियतले सम्मानित हुन आह्वान गरेका छन् ।
उनले लगानीकर्ताहरुलाई लगानीका लागि सरकारले आकर्षित गरिरहेको बताए । मन्त्री पौडेलले त्यसका लागि सरकारले अध्यादेशहरुमार्फत लगानीको वातावरण सिर्जना गरेको उल्लेख गरे ।
उनले अध्यादेशहरु अहिले कानूनको रुपमा आइसकेको र कानूनको सिलसिलामा आवश्यक पर्ने नियमावली, निर्देशिका मापदण्ड लगायतका डकुमेण्टहरु पनि तयार भइसकेको भन्दै मन्त्रीपरिषद्ले छिटै पारित गर्नुपर्नेमा जोड दिएका छन् ।

.gif)