sevenstartv.com १ पुष २०८२, मङ्गलवार

हङकङमा टी-२० आई प्रतियोगिता खेल्न जाने नेपाली टोलीको बिदाइ

राम्रो नतिजा लिएर फर्कने कप्तान पौडेलको प्रतिवद्धता

२५ चैत २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । यसै सातादेखि हङकङमा सुरु हुने टी-२० आई प्रतियोगिता खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच टोलीको बिदाइ गरिएको हो । 

बिदाइ कार्यक्रममा कप्तान रोहित पौडेलले तयारी राम्रो भइरहेको उल्लेख गर्दै सक्दो राम्रो खेलेर जितेर फर्कने बताए । त्यस्तै यस शृंखलाका लागि नेपालको प्रशिक्षक रहेका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अभ्यास राम्रो भएको र आगामी महत्वपूर्ण खेलका लागि राम्रो तयारी हुने बताए । 

आयोजक हङकङसहित नेपाल, कुवेत र कतार सहभागी हुने यस प्रतियोगितामा सबै टोलीले एकअर्कासँग १-१ खेल खेलेपछि चार टिममध्ये शीर्ष २ टोली फाइनल खेल्नेछन् । यस शृंखलाका लागि कप्तान रोहित पौडेलको कप्तानीमा टोली घोषणा भएको छ जसमा केही खेलाडीले पुनरागमन पनि गरेका छन् । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्