sevenstartv.com १७ असार २०८३, बुधवार

कुलमान घिसिङको पुनर्बहाली माग राखेर प्रदर्शन

२४ चैत २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । कुलमान घिसिङलाई नेपाल विद्यु्त प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्बहालीको माग गर्दै प्रदर्शन भएको छ । आइतबार  काठमाडौंको माइतीघर मण्डलीमा पुनर्बहालीको माग गर्दै प्रदर्शन भएका् हो ।

कुलमान घिसिङ पुनर्बहाली संयुक्त आन्दोलन परिचालन समितिको अगुवाइमा विरोध प्रदर्शन भएको हो । विरोध प्रदर्शनमा सहभागीहरूले प्राधिकरणमाथिको राजनीति बन्द गर लगायतका प्लेकार्ड बोकेका थिए ।

कुलमान घिसिङलाई अपमानित ढंगले बर्खास्त गरिएको भन्दै सरकारको उक्त निर्णयविरुद्ध प्रदर्शन भएको हो । चैत ११ मा बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त गरी हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो ।