sevenstartv.com १७ असार २०८३, बुधवार

सिंगो नेपाललाई खुला संग्रहालय बनाउनुपर्छः पर्यटनमन्त्री पाण्डे

२४ चैत २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले सिंगो नेपाललाई खुला संग्रहालय बनाउनुपर्ने बताएका छन् । 

आइतबार ललितपुरमा ललितपुर म.न.पा.१६ पाटन दरबारस्थित जिर्णोद्वार तथा पुनर्निर्माण गरिएको देगुतलेजु मन्दिरको समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा विविधतापूर्ण संस्कृति र प्रकृति रहेको भन्दै यसलाई विश्वमा प्रचार गर्न जरुरी रहेको बताएका हुन् ।

उनले विविधतापूर्ण संस्कृतिलाई जोगाउनका निम्ति सबैले आफ्नो आफ्नो ठाउँबाट भुमिका खेल्नुपर्ने उल्लेख गरे । उनले नेपालको विविधतापूर्ण प्रकृति र संस्कृतिको प्रचार गर्नसकने विश्वबाट आउने पर्यटकहरुले नेपलको रसस्वादन गर्नसक्ने र त्यसबाट नेपालले आर्थिक आर्जन गर्नसक्ने जिकिर गरेका छन् । 

उनले सिंगो नेपाललाई प्राकृतिक दृष्टिकोणले पनि प्राकृतिक गन्तव्यको रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिए ।