sevenstartv.com २ पुष २०८२, बुधवार

सहिद स्मारक ‘बी’ डिभिजन लिगमा झापाको पहिलो जित

२-० ले पराजित भएको सरस्वतीले बनायो ६ अंक

२१ चैत २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिगमा झापा फुटबल क्लबले पहिलो जित निकालेको छ । बिहीबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न पहिलो खेलमा सरस्वती क्लबलाई २-० ले पराजित गर्दै झापाले लिगमा पहिलो जित निकालेको हो ।

झापाको जितमा प्रदीप बुढाथोकी र राजेश दाहालले गोल गरे । खेलको ११औँ मिनेटमा पाएको पेनाल्टी अवसरमा गोल गर्दै प्रदीपले टोलीलाई अग्रता दिलाए । पहिलो हाफको अग्रतालाई ८८औँ मिनेटमा राजेश ढकालले दोब्बर बनाए । 

प्रतियोगितामा ‘बी’ डिभिजनमा नवप्रवेशी टोली झापाले आफ्नो पहिलो जित दर्ता गरेको छ । झापाले चार खेलमध्ये एकमा बराबरी, दुईमा हार र एउटा जितबाट चार अंक बनाएको छ । पराजित सरस्वतीले चार खेलमध्ये दुई हार र दुई जितबाट ६ अंक बनाएको छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्