sevenstartv.com १७ असार २०८३, बुधवार

यी हुन् संसदमा सबैभन्दा धेरै अनुपस्थित सांसद्

१९ चैत २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । संघीय संसदको गत माघ १८ गतेदेखि सुरू भएको हिउँदे अधिवेशन आजदेखि अन्त्य भएको छ ।

हिउँदे अधिवेशनको अन्तिम बैठकमा सभाुमख घिमिरेले सभामा १० पटक वा सोभन्दा बढी पटक अनुपस्थित हुने सांसदहरूको नाम सार्वजनिक गरेका छन्। यसरी धेरै अनुपस्थित हुनेमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समेत रहेका छन् ।

देउवासहित अधिवेशन अवधिभर विभिन्न कारणहरू देखाउँदै सात जना सांसदहरू १० भन्दा बढी बैठकमा अनुपस्थित भएका छन् । सबैभन्दा बढी अनुपस्थित हुनेमा नेपाली कांग्रेसकी सांसद मनोरमा शेरचन रहेकी छिन् ।

थेरापी चलिरहेको कारण देखाउँदै उनी २७ बैठकमा अनुपस्थित रहेको सभामुख देवराज घिमिरेले जानकारी गराए। सभामुख घिमिरेकाअनुसार प्रतिनिधि सभा सदस्यहरू लिलादेवी बोखिम लिम्बू १४ दिन, सरस्वती बजिमय ११ दिन, रमेश रिजाल १२ दिन, दीपक बोहरा २१ दिन, शेरबहादुर देउवा ११ दिन र गीता बस्नेत २७  दिन बैठकमा अनपुस्थित रहेका छन् ।

संसदमा गयल हुने सांसद्हरूमध्ये कोही स्वास्थ्य उपचार गराइरहेको र केही विदेश भ्रमणमा रहेको सभामुखले उल्लेख गरे । प्रतिनिभिसभाको मंगलबारको बैठकले सांसद्हरूको विदा स्वीकृत गरेको छ ।