sevenstartv.com १७ असार २०८३, बुधवार

मोटरसाइकल र्‍याली निकाल्दै एमाले

१८ चैत २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । नेकपा एमालेले आज सोमबार देशभरका जिल्ला सदरमुकामसहित प्रमुख सहरहरूमा मोटरसाइकल र्‍याली निकाल्दै छ ।

गणतन्त्रका पक्षमा सचेतना फैलाउन मोटरसाइकल र्‍यालीको आयोजना गरेको जनाइएको हो । काठमाडौं उपत्यकाको हकमा संयुक्त रूपमा मोटरसाइकल र्‍याली निकाल्ने एमालेले जनाएको छ ।

बेलुका चार बजे तीनकुनेमा जम्मा भएर र्‍याली निकाल्ने तयारी गरेको बताइएको छ ।