sevenstartv.com १७ असार २०८३, बुधवार

पत्र नबुझेपछि हुलाक र इमेलबाट महानगरले पठायो पूर्वराजा शाहलाई जरिवाना पत्र

१७ चैत २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौं महानगरपालिकाले हुलाकमार्फत जरिवाना तोकिएको पत्र पठाएको छ ।

आइतबार बिहान नगर प्रहरी बल जरिवानाको पत्र बुझाउन पूर्वराजाको निवास निर्मल निवास पुगेको थियो । पूर्वराजा शाहको सचिवालयले जरिवाना पत्र बुझ्न नमानेपछि हुलाक र इमेलबाट पत्र पठाएको जनाइएको छ । 

महानगरले हिजो सार्वजनिक सूचना मार्फत शुक्रबार राजावादीहरूले काठमाडौंमा गरेको प्रदर्शनका क्रममा फोहर र क्षति गरेको भन्दै विभिन्न शीर्षकमा ७ लाख ९३ हजार रुपैयाँ जरिवाना गर्ने जनाएको थियो ।