प्रतिनिधिसभा बैठक अवरोध
काठमाडौं । प्रतिनिधिसभा बैठक अवरोध भएको छ । आइतबारको बैठकमा सत्ता र प्रतिपक्षकै सांसद्ले बोल्न पाउनुपर्ने माग गर्दै उठेर विरोध गरेका हुन् ।
मुलुकमा राजावादीको आन्दोलनको नाममा हिंसा मच्चाउने काम भएकाले बोल्न पाउनुपर्ने माग सत्ता र प्रतिपक्ष गणतन्त्र पक्षधर सांसद्को छ । यस्तै राजावादी दल राप्रपाले आफूले पहिला बोल्न पाउनुपर्ने माग गर्दै विरोध गरेको छ।
सभामुखले दुबै पक्ष उठेसँगै सहजीकरणको प्रयास गरिरहेका छन् ।








