sevenstartv.com १७ असार २०८३, बुधवार

राजा पनि आउँदैनन, अहिलेको व्यवस्था पनि रहन्न : रोमी गौचन थकाली

१७ चैत २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री रोमी गौचन थकालीले राजनीतिक दलसँग जनता दिकदार भएको र त्यसको फलस्वरुप देशमा अराजकता मौलाएको बताएका छन ।

आइतबार सञ्चारकर्मीसँग कुराकानी गर्दे उनले समय अनुकुल नचले देश दुर्घटनामा जाने निश्चित भएको जनाएका छन । नेता गौचनले पछिल्लो समयमा आम नेपाली जनतामा देखिएको वितृष्णाको कारण अहिलेको सबै राजनीतिक दल नै कारक रहेको टिप्पणी गरेका छन । उनले अझै पनि समय घुर्किनसकेकाले राजनीतिक दललाई सच्चिन आग्रह समेत गरेका छन ।

नेता गौचनले मुलुकको पछिल्लो अवस्थाप्रति चिन्ता व्यक्त गर्दै देखिएका विभिन्न समस्या समाधानमा गर्नु सबै राजनीतिक दलको दायित्व भएकाले एकजुट भएर सामाना गर्न आग्रह पनि गरेका छन । एक अर्कालाई दोसारोपण गर्नु भन्दा सबैले आफ्नो कम्जोरी पहिचान गर्नु पर्ने अवस्था आएको उनको भनाई छ ।  सबै राजनीतिक दलले जनताको भावनाको कदर गर्नु पर्ने जोड दिॅदै गौचनले नेता सुध्रिनु पर्ने समेत औल्याएका छन ।

उनले भने, ‘समय घुर्किसकेको छैन भन्दैमा समयले पर्खदैन, समय अनुकुल नचले देश दुर्घटनामा जान्छ । राजनीतिक पार्टीले अहिलेको अवस्थालाई मध्यनजर गर्दे आगामी यात्रा तय गर्नुपर्ने हुन्छ । जनतामा देखिएको वितृष्णाको कारण अहिलेको सबै राजनीतिक दल नै भएकाले यसलाई न्युनिकरण गर्दे निर्मुल गर्ने दायित्व सम्रग राजनीतिक दलको हो । समग्र राजनीतिक दलहरुले नकरात्मक टिप्पणी गर्नु भन्दा सकरात्मक सुझावलाई आत्मासात गर्नु पर्नेमा जोड दिदै जनतामा देखिएको निरासालाई चिर्नु पर्ने बताएका छन् ।'