एकीकृत समाजवादीको कार्यालयमा आगजनी
काठमाडौं । राजावादीहरूले नेकपा एकीकृत समाजवादीको कार्यालयमा आगजनी गरेका छन् । शुक्रबार आलोकनगरस्थित पार्टी कार्यालय पुगेका प्रदर्शनकारीले पहिले त्यहाँ भएका कागजपत्र र फर्निचर बाहिर ल्याएर आगजनी गरेका थिए ।
त्यसपछि कार्यालयमा पनि लुटपाटका साथै आगजनी गरेका हुन् । प्रदर्शन उग्र बनेपछि स्थानीय प्रशासनले काठमाडौंका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।








