राजावादीले एक लाख मान्छे सडकमा ल्याए हामी एक करोड ल्याउछौँ : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूहरू जनताको विशाल समर्थन लिएर आउने बताएका छन् ।
काठमाडौंको भृकुटीमण्डपमा आयोजित समाजवादी मोर्चाको सभालाई सम्बोधन गर्दै उनले गुण्डागर्दीलाई छुट नभएको बताएका हुन् ।
आज काठमाडौंकै तीनकुनेमा राजावादी प्रदर्शनकारीले तोडफोड गरेको घटनालाई इंगित गर्दै प्रचण्डले भने, 'हामीभित्र लागेको धुलो टकटकाउँदै अघि बढ्छौँ । जनतामा गएर विशाल जनसमर्थन लिएर आउँछौँ । तर, मण्डले गुण्डागर्दीलाई छुट दिने छैनौँ ।'








