sevenstartv.com १६ असार २०८३, मङ्गलवार

समाजवादी मोर्चाको बैठक बस्दै

१३ चैत २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । समाजवादी मोर्चा नेपालको बैठक आज अपराह्न बोलाइएको छ । बैठक नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा अपराह्न ४ बजे बस्ने गरी बोलाइएको हो । 

समाजवादी मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा र नेसपा रहेका छन् । मोर्चाले चैत १५ गते काठमाडौंमा प्रदर्शन गर्दैछ । सरकारका गलत क्रियाकलाप र राजावादीहरूको चलखेलविरुद्ध मोर्चाले प्रदर्शन गर्न लागेको हो ।

सोही दिन व्यवस्था विरोधीहरुले पनि प्रदर्शन गर्दैछन् । मोर्चाले भृकुटीमण्डप र व्यवस्था विरोधीहरूले तीनकुनेमा प्रदर्शन गर्ने तयारी गरेका छन् ।