sevenstartv.com १६ असार २०८३, मङ्गलवार

मुलुकमा विकसित युवा पलायनबारे नकारात्मक भाष्यलाई भाषण गरेर मात्र चिर्न सकिदैन् : मन्त्री भण्डारी

१२ चैत २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मुलुकमा विकसित युवा पलायनबारे नकारात्मक भाष्यलाई भाषण गरेर मात्र चिर्न नसकिने बताएका छन् । 

मंगलबार काठमाडौं टेक्निकल स्कुलको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले भाषण गरेर मात्रै मुलुकमा केही हुन सक्दैन भन्ने भाष्य चिर्न नसकिने बताएका हुन् । उनले मुलुकमा निर्माण भएको गलत भाष्यलाई चिर्न यस पछाडिको यथार्थलाई सुक्ष्म ढंगले अध्ययन गरेर रणनीति बनाउन जरुरी रहेको बताए । 

उनले मुलुकमा उत्पन्न असन्तुष्टि र नैराश्यतालाई बदल्ने जिम्मेवारी र दायित्व वर्तमान सरकारले लिएको समेत मन्त्री भण्डारीको दाबी छ । उनले नेपालबाट वैदेशिक रोजगारीमा जानेहरु जस्तै फर्किनेहरु समेत रहेको बताएका हुन् । उले मलेसिया, जापान र कोरिया लगायतका देशमा जानेहरु उतै पलायन हुने अवस्था नरेहको समेत बताए ।