नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुँदै
काठमाडौं । एएफसी एसिएन कप-२०२७ अन्तर्गत अन्तिम चरणको छनोट खेलमा आज नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुने भएको छ ।
खेल नेपाली समयअनुसार खेला राति पौने ८ बजे मलेसियाको ब्राहिम सुल्तान स्टेडियममा सुरु हुनेछ । नेपाल उत्कृष्ट प्रदर्शन गर्दै जितको लय कायम राख्ने लक्ष्यमा छ । मलेसिया जानुअघि नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सिङ्गापुरलाई १-० गोलले हराएको थियो ।
नेपाल र मलेसियाबिच पछिल्लो पटक सन् २०१९ मा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण भिडन्त भएको थियो। जसमा नेपाल २-० गोलले पराजित भएको थियो ।
नेपालले एसियन कप छनोटको तेस्रो चरणमा मलेसिया, भियतनाम र लाओससँग होम एन्ड अवेका आधारमा खेल्नेछ। समूहको शीर्षस्थानमा रहने टोलीले एसियन कप खेल्नेछ ।

.gif)