महिलालाई अवसर दिए देशको प्रधानमन्त्री बनेर सबैभन्दा राम्रो काम गर्न सक्छन् : मन्त्री यादव
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले महिलालाई अवसर दिए देशको प्रधानमन्त्री बनेर सबैभन्दा राम्रो काम गर्नसक्ने बताएका छन् ।
सोमबार काठमाडौंमा खानेपानी उपभोक्ता संस्थामा महिला नेतृत्व “अवस्था, अवसर र चुनौती” विषयक अन्तरक्रिया गोष्ठीमा उननले महिलाहरु कमजोर नभएको बताएका हुन् । उनले महिलालाई अवसर दिने हो भने देशको प्रधानमन्त्री बनेर सबैभन्दा राम्रो काम गर्ने जिकिर गरे ।
उनले नेपालमा राष्ट्राध्यक्ष बनेर विद्यादेवी भण्डारीले नेतृत्व गरिसक्नुभएको उल्लेख गर्दै महिलाहरु कमजोर नरहेको बताए । उनले नेपालको राष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख, मुख्यसचिव बनेर देशको नेतृत्व गरिसकेकी भन्दै महिलालाई अवसर दिनुपर्ने जरुरी रहेको भनाइ राखे ।
उनले खानेपानी उपभोक्ता महासंघमा पनि ४२ हजार उपभोक्तामध्ये १ हजार उपभोक्ता महिला अध्यक्ष अनिवार्य राख्नुपर्ने निर्णय गरेर देखाउन महासंघ अध्यक्षसँग आग्रह गरेका छन् ।








