sevenstartv.com १६ असार २०८३, मङ्गलवार

राप्रपाले पूर्वराजा शाहलाई पार्टी सभापति बनाए हुन्छ : सभापति देउवा

१० चैत २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई पूर्वराजा ज्ञानेन्द्र शाहलाई सभापति बनाउन सुझाव दिएका छन् ।

आइतबार कांग्रेसको बागमती प्रदेश प्रशिक्षण विभागले गरेको कार्यक्रममा सभापति देउवाले राप्रपालाई पूर्वराजा शाहलाई पार्टी सभापति बनाउन सुझाव दिएका हुन् ।

उनले नेपालमा राजतन्त्र फर्किने सम्भावना नरहेको र ज्ञानेन्द्र संवैधानिक राजा बन्न लायक व्यक्ति नभएको बताएका छन् । देउवाले भने, ‘नेपालमा राजतन्त्र फर्किने सम्भावना छैन । ज्ञानेन्द्र संवैधानिक राजा बन्न लायक व्यक्ति पनि होइनन्,’ देउवाले भने, ‘बरु राप्रपाले ज्ञानेन्द्रलाई पार्टी सभापति बनाए हुन्छ ।’

उनले ज्ञानेन्द्रलाई राजनीति नै गर्ने भए पार्टी खोल्न सुझाव दिए ।