sevenstartv.com १६ असार २०८३, मङ्गलवार

खानेपानी संस्थानका कर्मचारीहरुलाई विनियमावली कार्यान्वयन गर्न मन्त्री यादवकाे निर्देशन

१० चैत २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले नेपाल खानेपानी संस्थानका कर्मचारीहरुलाई विनियमावली कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।

आइतबार मन्त्रालयमा ‘कर्मचारी सेवा शर्त विनियमावली-२०८१’ सम्बन्धी जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले कर्मचारीहरुलाई यस्तो निर्देशन दिएका हुन् । उनले लामो समयदेखि रोकिएर बसेको कर्मचारी सेवा शर्त विनियमावली कर्मचारी हकहितका लागि लागू भएको बताए । 

उनले विनियमावली नेपाल सरकारको नियम र कानूनमा रहेर कार्यान्वयनमा ल्याइएको बताए । उनले कर्मचारी हकतिका लागि विनियमावलीमा संशोधनको आवश्यकता देखिए थप्नुपर्ने सेवा सुविधाका बारेमा जानकारी दिन आग्रह गरेका छन् । 

नियम कानूनअनुसार कर्मचारीहरुको हकहितका लागि विनियमावलीमा संशोधन वा थप्नुपर्ने कुरा भए आफू तयार रहेको उनको भनाइ छ ।