आईपीएलमा आज दुई खेल हुँदै
काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज दुईवटा खेल हुने भएका छन् ।
राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम हैदरावादमा दिउँसो पौने ४ बजे हुने पहिलो खेलमा सनराइजर्स हैदरावाद र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । साँझ पौने ८ बजे चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ । यो खेल एम चिदम्बरम क्रिकेट स्टेडियममा हुनेछ ।
यसअघि गएराति सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बैंगलुरुले विजयी सुरुआत गरेको छ । साविक विजेता कोलकाता नाइट राइडर्सलाई ७ विकेटले पराजित गर्दै पाहुना टोलीले विजयी सुरुवात गरेको हो ।

.gif)