sevenstartv.com १६ असार २०८३, मङ्गलवार

सरकारले चैत ९ गते प्रथम राष्ट्रिय पानी सम्मेलन गर्ने

८ चैत २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । नेपाल सरकारले चैत ९ गते प्रथम राष्ट्रिय पानी सम्मेलन-२०२५ आयोजना गर्ने भएको छ । 

शुक्रबार काठमाडौंमा जल तथा ऊर्जा आयोगले पत्रकार सम्मेलन गरी उक्त कुराको जानकारी दिएको हो । सम्मेलन चैत्र ९ र १० गते दुई दिनसम्म सञ्चलन हुनेछ ।पत्रकार सम्मेलनमा बोल्दै जल तथा ऊर्जा आयोगको सचिवालयका प्रवक्ता कलानिधि पौड्यालले नेपालले जलस्रोतको दीगो व्यवस्थापन र विकासलाई सुनिश्चित गर्नुपर्ने बताए । 

उनले जलवायु परिवर्तनका असरलाई न्युनिकरण गर्दै जलस्रोतको उपभोगका लागि स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारी बिस्तार गर्नुपर्नेमा जोड दिए । उनले सबैको सहकार्यबिना जलस्रोत तथा मौसमसम्बन्धी चुनौतीहरुको सामना गर्न नसकिने बताए ।

दीगो जलस्रोत व्यवस्थापन र जलवायु अनुकुल रणनीतिहरु कार्यान्यन गर्न सरकार अग्रसर रहेको उनको भनाइ छ ।