sevenstartv.com १६ असार २०८३, मङ्गलवार

टियु मैदानमा प्यारापिट निर्माण र फ्लड लाइट जडानको काम तीन चरणमा

वैशाख २४ भित्रै निर्माण सकिने शहरी विकासमन्त्री प्रकाशमान सिंहको भनाइ

७ चैत २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । शहरी विकासमन्त्री प्रकाशमान सिंहले वैशाख २४ गतेभित्रै कीर्तिपुरस्थित क्रिकेट मैदानमा प्यारापिट र फ्लड लाइट निर्माणको काम सकिने बताएका छन् । 

बिहीबार निर्माणाधिन मैदानको निरीक्षणका लागि कीर्तिपुर पुगेका मन्त्री सिंहले निर्माण कम्पनीसँग वैशाख २४ गतेसम्मको समयसीमा रहेको र समयमै सकिने गरी काम अघि बढाइएको बताए । 

उनले तीन चरणमा निर्माणको काम अघि बढाइएको बताए । फ्लड लाइट जडान र १० हजार सिट क्षमताको प्यारापिट बनाउने काम समयमै गर्नसके नेपालमा पनि केही गर्न सकिन्छ भन्ने सन्देश दिन सकिने बताएका छन् ।