sevenstartv.com १६ असार २०८३, मङ्गलवार

पूर्वराजा शाहले संविधान विपरीत काम गरेकाले कारबाही गर्न सांसद् खतिवडाकाे माग

७ चैत २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका सांसद् रामहरि खतिवडाले पूर्वराजा ज्ञानेन्द्र शाहले संविधान विपरीत काम गरेकाले कारबाही गर्न माग गरेका छन् ।

बिहीबारको प्रतिनिधिसभाको बैठकमा सांसद् खतिवडाले फागुन ६ गते प्रजातन्त्र दिवसका अवसरमा शुभकामनामा भिडियो सन्देश दिँदै पूर्व राजा शाहले शाही निशाना प्रयोग गरेको र श्री ५ को सरकार लेखेकाले कारबाही गर्न सरकारलाई निर्देशन दिन सभामुख देवराज घिमिरेलाई आग्रह गरेका हुन् । 

उनले २०६५ जेठ १६ गते शाही निशाना हटाए पनि अहिलेसम्म त्यो प्रयोग गरेर संविधान विपरीत काम गरेको बताए । खतिवडाले त्यो काम कसरी हुने अवस्था आयो भन्दै प्रश्न समेत गरे ।