sevenstartv.com १६ असार २०८३, मङ्गलवार

महायज्ञको नाममा घर भत्काइएका दलित परिवारलाई न्याय दिइयोस् : सांसद् परियार

७ चैत २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका सांसद् जीवनबहादुर परियारले सिरहाको औरही गाउँपालिका-५ मा विष्णु महायज्ञको नाममा दलित समुदायमाथि भएको विभेदबारे घोर भत्र्सना गरेका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा उनले पीडित परिवारलाई न्याय दिनका लागि सरकारसँग माग समेत गरे ।  गाउँपालिका अध्यक्ष शिवजी यादव र जनमत पार्टीका गाउँपालिका अध्यक्ष दिलिप यादवसहितका व्यक्तिहरूले औरही गाउँपालिका–५ का स्थानीय दीपक मरिक ९डोम० को घर भत्काएको भन्दै सांसद् परियारले आपत्ति जनाएका हुन् ।

महायज्ञका लागि त्यहाँको माटो समेत खनेर फ्याँकिएको पीडित परिवारको भनाइ छ ।