स्ववियु निर्वाचन : सभापतिको उम्मेदवारमा पूर्णिमाया परियार, सचिवमा न्यौपाने
काठमाडौं । स्ववियु निर्वाचनमा बागबजारस्थित पद्मकन्या बहुमुखी क्याम्पसमा नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट पूर्णिमाया परियार सभापतिको उम्मेदवार बनेकी छन् ।
उनी नेपालकै पहिलो दलित स्ववियु सभापति उम्मेदवार हुन् । सचिवको उम्मेदवारमा विपना न्यौपाने छिन् । स्ववियु निर्वाचन यही ५ गतेका लागि तोकिएको छ । तर, पद्मकन्या क्याम्पसमा त्रिभुवन विश्वविद्यालयको कार्यतालिकाअनुसार निर्वाचन हुन सकेको छैन ।
विभिन्न स्वार्थ समूहका कारण क्याम्पसमा स्ववियु चुनाव प्रक्रिया नै ढिलो भइरहेको हो ।








