sevenstartv.com १६ असार २०८३, मङ्गलवार

सगरमाथा संवादमा जलवायु परिवर्तनको मुद्दा उठाउने सरकारको तयारी

साढे ३ सय देशका प्रमुखलाई बोलाइने

३ चैत २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । ‘सगरमाथा संवाद’ मा विश्वका ३५० भन्दा बढी राष्ट्र प्रमुखलाई निमन्त्रणा गरिने भएको छ । सगरमाथा संवाद हुन करिव दुई महिना बाँकी रहँदा आइतबार सरकारले सगरमाथा संवादबारे जानकारी गराएको हो । 

आगामी जेठ २ देखि ४ गतेसम्म सगरमाथा संवाद कार्यक्रम हुँदैछ । परराष्ट्र मन्त्रालयका सचिव अमृत राईले सगरमाथा संवादमा विभिन्न ३५० भन्दा बढी देशका सरकार प्रमुखलाई निम्तो पठाइने बताए । 

सरकारले निम्तो पठाइएकामध्ये डेढ सय भन्दा बढी देशका राष्ट्र प्रमुखहरु सहभागी हुने अपेक्षा गरेको बताएका छन् । निम्तो दिन विदेशस्थित नेपाली दूतावास र नेपालमा रहेका सम्बन्धित मुलुकका दूतावासलाई प्रयोग गरिएको बताए ।