sevenstartv.com १६ असार २०८३, मङ्गलवार

प्रतिस्थापन विधेयकमार्फत सरकारले नीतिगत र कानूनी सुधार गर्न खोजेको छः प्रमुख सचेतक घिमिरे

३ चैत २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सरकारले अध्यादेशका प्रतिस्थापन विधेयकमा सरकारले नीतिगत र कानूनी सुधार गर्न खोजेको दाबी गरेका छन् । 

आइतबार प्रतिनिधिसभाको बैठकमा सांसद् घिमिरेले यस्तो बताएका हुन् । उनले सरकारले अध्यादेशका प्रतिस्थापन विधेयकमार्फत कार्यान्वयनगत सुधार ल्याउन खोजेको बताए । उनले विधेयकहरुमा अझैपनि सुधार गर्न जरुरी रहेको भएपनि प्रतिपक्षी दलले नबुझि विरोध गर्न खोजेको आरोप लगाए ।

उनले विधेयकको प्रक्रियामा विरोध हो कि कन्टेन्टको विषयवस्तुमै विरोध हो ? भन्दै प्रश्न गरे । उनले विरोधको लागि विरोध गर्नुभन्दा विधेयकमा आवश्यक सुधारका कुराहरु थप्न समेत प्रतिपक्षी दलहरुलाई आग्रह गरेका छन् ।