sevenstartv.com १६ असार २०८३, मङ्गलवार

संविधानले नचिन्ने राजतन्त्रको बारेमा बहस गर्न उचित छैन् : सांसद् पन्त

३ चैत २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । नेकपा एमाले सांसद् रघुजी पन्त संविधानले नचिन्ने राजतन्त्रलाई नचिन्ने भएकाले संसदमा यस विषयमा बहस गर्न उचित नभएको बताएका छन् । 

आइतबारको प्रतिनिधिसभा बैठकमा सांसद् पन्तले मुलुकमा व्यवस्था परिवर्तन भएसँगै गणतन्त्र स्थापना भइसकेको भन्दै संविधानले नचिन्ने राजतन्त्रका बारेमा संसद्मा बहस गर्न उचित नभएको बताएका हुन् । 

विभिन्न इतिहासका घटना प्रस्तुत गर्दै उनले राजतन्त्रको कालखण्डमा घटेका विभिन्न घटनाले नेपालको भविष्यलाई अन्धकारमय बनाएको तर्क गरे । राजतन्त्रको कालखण्डका दृष्टान्त प्रस्तुत गरेपछि राप्रपा सांसद ज्ञानेन्द्र शाहीले आपत्ति जनाएका थिए । आफ्नो अभिव्यक्तिप्रति शाहीले आपत्ति जनाएपछि सांसद पन्तले आफ्नो समयमा बोल्न र इतिहास पढेर आउन सुझाव दिएका छन् ।