sevenstartv.com १६ असार २०८३, मङ्गलवार

पूर्वविशिष्ट पदाधिकारीहरुलाई आजीवन सुविधा दिने तयारीप्रति कांग्रेस सांसद् यादवकाे असन्तुष्टि

३ चैत २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका सांसद् रामकृष्ण यादवले पूर्वविशिष्ट पदाधिकारीहरुलाई कानून बनाएर आजीवन सुविधा दिने सरकारी तयारीप्रति असन्तुष्टि जनाएका छन् ।

आइतबारको प्रतिनिधिसभाको बैठकमा उनले यस्तो असन्तुष्टि जनाएका हुन् । उनले मुलुक आर्थिक रुपमा कमजोर भएको अवस्थाका पूर्वविशिष्टहरुलाई आजीवन सुविधा दिन कानून बनाइरहेको समाचारहरु आएको भन्दै यस्तो गर्न नहुने बताए ।

उनले भने, ‘अहिले देश आर्थिक दृष्टिकोणले कमजोर अवस्थाबाट गुज्रिरहेको छ । विकास निर्माण र सार्वजनिक सेवा प्रभावकारी बनाउन नसकेको भनेर आलोचना भइरहेको अवस्थामा सरकारले पूर्वविशिष्ट पदाधिकारीलाई आजिवन सेवा दिने कानून बनाउन लागेको समाचार बाहिर आएको छ । पूर्वविशिष्टहरुलाई आजीवन सुविधा दिन देशको हितमा छैन ।’