sevenstartv.com १६ असार २०८३, मङ्गलवार

राजावादीलाई इँटको जवाफ पत्थरले दिने माओवादी अध्यक्ष दाहालको चेतावनी

चैत १५ गते काठमाडौंमा हुने जनप्रदर्शनमा सहभागी हुन अपील

१ चैत २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले इँटको जवाफ पत्थरबाट दिइने बताएका छन् । 

शुक्रबार सिन्धुपाल्चोकको मेलम्ची नगर समितिको सम्मेलन उद्घाटनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले राजावादीहरूको पछिल्लो घटनाक्रमतर्फ इंगित गर्दै यस्तो बताएका हुन् । 

उनले सोही जवाफ अन्तर्गत आगामी चैत १५ गते काठमाडौंमा प्रदर्शनको कार्यक्रम आयोजना गरिएको र त्यहाँ उपस्थित हुन सबैलाई आह्वान गरे । पूर्वराजाको नाममा अहिले नौटंकी देखाइएको भन्दै अरुको भरमा नउचालिन उहाँले चेतावनी दिए ।

उनले आफू पहिलोपटक प्रधानमन्त्री हुँदा दरबार हत्याकाण्डको फाइल खोलेर त्यसका दोषीहरूलाई ठेगान लगाउने पहल गरेको दाबी समेत गरेका छन् ।