sevenstartv.com ६ पुष २०८२, आइतवार

वस्तुको वर्गीकरण वस्तुको प्रकृतिअनुसार गर्नुपर्नेमा सरोकारवालाहरुले जोड

१ चैत २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । भन्सारमा वस्तुको वर्गीकरण वस्तुको प्रकृतिअनुसार गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । 

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको शुक्रबारको बैठकमा ‘भन्सार सम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक’माथिको दफावार छलफलका सरोकारवालाले यस्तो बताएका हुन् ।

वस्तुको वर्गीकरण सहज देखिएपनि प्राविधिक रुपमा कठिन हुने उनीहरुको धारणा छ । अर्थ मन्त्रालयका सचिव वर्गिकरणमा फरक परेमा वस्तुको मूल्यमा समेत फरक पर्ने उल्लेख गर्दै वस्तुको प्रकृतिअनुसार वर्गीकरण गरिनुपर्नेमा जोड दिए ।

उनले भन्सारका कर्मचारीले वस्तुको वर्गीकरण गर्न नसकेको अवस्थामा विज्ञको समेत सुझाव लिनसक्ने बताए । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्